नियम १४
अपाङ्गता भएका महिलाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने
: (१) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले अपाङ्गता भएका महिलाको अधिकारको संरक्षण गर्न तथा त्यस्ता महिलाको ज्ञान, सीप तथा क्षमताको उच्चतम उपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्न देहाय बमोजिमको व्यवस्था गर्नु पर्नेछ:-
(क) अपाङ्गता भएका महिलामा रहेको ज्ञान, सीप र क्षमताको पहिचानको लागि अध्ययन, अनुसन्धान गर्ने, गराउने,
(ख) खण्ड (क) बमोजिम भएको अध्ययन अनुसन्धानको आधारमा अपाङ्गता भएका महिलाको ज्ञान, सीप र क्षमताका आधारमा उपयुक्त पेशा वा व्यवसायको लागि रोजगारमूलक तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ग) _ अपाङ्गता भएका महिलाले निर्माण बा उत्पादन गरेका सामान तथा वस्तुको बिक्री तथा बजारीकरणको लागि आवश्यक व्यवस्था मिलाउने,
(घ) अपाङ्गता भएका महिलाको लागि उपयुक्त ठानिएका आय आर्जनका अन्य कार्यक्रम सञ्चालन गर्ने, गराउने ।
(२) उपनियम (१) बमोजिमको व्यवस्था गर्नको लागि नेपाल सरकारले प्रदेश
सरकार तथा स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।